SHARE
बुटवल टुडे · शनिबार १३ मंिर २०८२ ०१:०८ AM · 1 मिनेट पढाइ

प्रतिनिधि छनोटअघि उत्पन्न नयाँ ध्रुवीकरण : एमालेमा पौडेल-गुरूङको ‘ओली कार्ड’ प्रभावशाली

बुटवल, १३ मंसिर । एमाले महाधिवेशन नजिकिँदै जाँदा आन्तरिक शक्ति–समीकरण निकै गतिशील बन्दै गएको छ। लामो समयदेखि तटस्थ देखिएका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरूङले प्रतिनिधि छनोटको पूर्वसन्ध्यामा एकाएक अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेपछि पार्टीभित्रको ध्रुवीकरण झनै तीव्र बनेको छ।