SHARE
बुटवल टुडे · शनिबार १३ मंिर २०८२ ०३:०० AM · 1 मिनेट पढाइ

पहाडी भूगोलमा पनि ईभी गाडीको आकर्षण

सल्यान, १३ मङ्सिर ।  पछिल्लो समय सल्यानमा ४० बढी विद्युतीय गाडी (ईभी) भित्रिएका छन् । अझै धेरै सङ्ख्यामा ईभी थपिने क्रम रहेको यातायात प्रालिहरूले जनाएका छन् । ग्रामीण तथा पहाडी क्षेत्रमा पनि ईभीको सफलता देखिएको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरू तथा यात्रुहरूमा पनि ईभीप्रति आकर्षण बढेको पाइन्छ ।