SHARE
बुटवल टुडे · शनिबार १३ मंिर २०८२ ०४:०६ AM · 1 मिनेट पढाइ

उन्नति र प्रगतिका कथा सुन्न र बुन्न गाउँतिर  

बुटवलबाट हिड्नेबेला विहानको ७ बजिसकेको थियो । कार्तिक अन्तिम सातातिर जाडो पलाउँदै थियो । त्यसैले बाक्लो लुगाले शरीर ढाकेर हिडें । दोभान पुगेर झर्नु पर्ला भनेको थिएँ,ईभी भ्यानमा झुम्सा पुगेर झरें । पाल्पा,दोभानबाट राजेश श्रेष्ठको मोटरसाईकिलमा पाल्पा,तानसेनतिर पुग्नु थियो तर धूँवा र धूलोको कारण झुम्सा पुगेर ओर्लेको हुँ ।