SHARE
बुटवल टुडे · शनिबार १३ मंिर २०८२ ०९:०२ AM · 1 मिनेट पढाइ

रोमाञ्चक जितसँगै लुम्बिनीको ‘कमब्याक’, पोखरालाई धक्का

काठमाडौँ । पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘कमब्याक’ गरेको छ। शनिबार भएको पहिलो खेलमा पोखरालाई तीन विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफ सम्भावना जिवित राखेको हो। लुम्बिनीसँगको हारले पोखराको प्लेअफको बाटो कठिन भएको छ। पोखराले अब प्लेअफ खेल्न बाँकीका दुई खेल जित्नैपर्ने हुन्छ।