SHARE
बुटवल टुडे · शनिबार १३ मंिर २०८२ ०१:२३ PM · 1 मिनेट पढाइ

एउटै वडाका दुई बस्ती जोड्न साढे ३ करोड लागतमा पक्की सडक

बुटवल, १३ मंसिर । एउटै वडामा भएर पनि भौगोलिक हिसावले टाढा रहेका बुटवल उपमहानगरपालिका वडा नम्बर १० का दुईवटा बस्ती जोड्ने पक्की सडक (हरियाली पथ) निर्माण गरिएको छ । बुटवलको रामनगर (बेसक्याम्प)देखि पूर्वी कालिकानगरको हरियाली पथ हुँदै योगिकुटी जोड्ने झण्डै २ हजार ७ सय ५० मिटर पक्की सडक निर्माण कार्य सम्पन्न भएको हो ।