एनपीएल: आज कर्णाली र काठमाडौँ भिड्दै
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन्। खेल आइतबार अपराह्न ३ः३० बजेदेखि सुरु हुनेछ। सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले अहिलेसम्म एउटा मात्र जित निकालेको छ। दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
