SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०३:४२ AM · 1 मिनेट पढाइ

पीडादायी नियतिको अन्त्य कहिले ? 

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ५१० युवाले विदेशमै ज्यान गुमाएका छन् । विप्रेषणकै भरमा नेपालको आर्थिक अवस्था सुधारोन्मुख भइरहेको बेला नेपालीले विदेशमा ज्यान गुमाउन बाध्य हुनुपर्ने विवशताले चिन्ता उत्पन्न भएको छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली युवाहरू उतै मृत्युवरण गरेर बन्द बाकसमा फर्काइनुपर्ने विवशता साँच्चै कहालीलाग्दो छ ।