SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०६:२४ AM · 1 मिनेट पढाइ

भूमि आयोग खारेजीविरुद्ध दायर रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमान्डौ, १४ मंसिर । भूमि समस्या समाधान आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा दुवै पक्षका तर्क सुनिनेछ ।