SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०६:५९ AM · 1 मिनेट पढाइ

रास्वपाले बनायो सङ्घीय नेतृत्व मञ्च

काठमान्डौ, १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीमा एकता प्रक्रियाबाट आउने नेतृत्वलाई व्यवस्थित रूपमा समायोजन गर्न ‘फेडरल लिडरसिप फोरम’ (संघीय नेतृत्व मञ्च) बनाएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार १२ मंसिरमा बसेको पार्टीको भर्चुअल विशेष बैठकबाट उक्त मञ्च गठनको प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो ।