एमाले महाधिवेशन प्रतिनिधि छनोटमा कोशीका २ सांसद पराजित
काठमान्डौ, १४ मंसिर । नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा कोशी प्रदेशका दुई सांसद पराजित भएका छन् । सुनसरी–१ क्षेत्रअन्तर्गतको निर्वाचनमा प्रदेश सभा सांसद रमेशकुमार बस्नेत र विजयकुमार राई प्रतिस्पर्धामा हार बेहोरेका हुन् । दुवैजना संस्थापन पक्षबाट उम्मेदवार थिए । बस्नेतले ३७६ तथा राईले ३९१ मत प्राप्त गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
