SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०८:०६ AM · 1 मिनेट पढाइ

एमाले महाधिवेशन : लुम्बिनीमा संस्थापन पक्षकै पकड, अधिकांश जिल्लाबाट ओली पक्ष बलियो

बुटवल, १४ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको छ । १२ मध्ये रोल्पा बाहेक ११ जिल्लामा प्रतिनिधि चयन भइसकेका छन् । समग्र परिणाम हेर्दा लुम्बिनी प्रदेशभर संस्थापन पक्ष अर्थात् अध्यक्ष केपी शर्मा ओली समूहको स्पष्ट वर्चस्व देखिएको छ ।