रोकिराखेको बस गुड्दा यात्रुवाहक बस दुर्घटना
काठमाडौं, १४ मंसिर । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दुर्घटना आँबुखैरेनी–गोरखा सडकखण्डको १२ किलो भन्ने स्थानमा भएको हो । प्रहरीका अनुसार, सडकछेउमा रोकिराखिएको बस अचानक गुडेर सडकबाट केही तल खसेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
