SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०९:२७ AM · 1 मिनेट पढाइ

नास्टले शिक्षकहरूलाई एआई तालिम दिन सुरु गर्यो

 काठमाडौं, १४ मंसिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले शिक्षकहरूको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम प्रदान गर्न सुरु गरेको छ । पठनपाठनमा एआईजस्ता नवीनतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सहयोग गर्ने उद्देश्यसहित नास्टको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र अन्तर्गत रहेको सूचना पहुँच केन्द्रले तालिम सुरु गरेको हो ।