श्रीलंकामा समुन्द्री आँधीपछि बाढीपहिरो, १९३ जनाको मृत्यु
काठमाडौं । श्रीलंकामा आएको समुन्द्री आँधीपछि बाढीपहिरोमा परी १९३ जनाको मृत्यु भएको छ । २०० भन्दा बढी मानिस बेपत्ता छन् भने २० हजारभन्दा बढी घर क्षतिग्रस्त भएको बताइएको छ । यो जानकारी त्यहाँको विपद् व्यवस्थापन केन्द्रलाई उद्धृत गर्दै बीबीसीले दिएको छ । श्रीलंका अहिले खराब मौसमी प्रकोपसँग जुधिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
