SHARE
बुटवल टुडे · आइबार​ १४ मंिर २०८२ ०१:२९ PM · 1 मिनेट पढाइ

पुस मसान्तको महाधिवेशन तालिका ल्याउने देउवाको प्रस्तावविरुद्ध उत्रियो उनकै समूह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट एक समूहले सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय समितिमा पेस गरेको महाधिवेशन तालिकालाई कार्यान्वयनमा लैजानुपर्ने निष्कर्ष निकालेको छ। आइतबार काठमाडौँको बानेश्वरस्थित सनराइज बैंक्वेटमा भएको छलफलले यादवले पेस गरेको प्रस्ताव बहुमतले पास गर्ने निर्णय गरेको हो।