SHARE
बुटवल टुडे · बिहीबार ४ मंिर २०८२ ०७:२४ AM · 1 मिनेट पढाइ

प्रदेश लोकसेवा आयोग तीन महिनादेखि अध्यक्षविहीन, पदपूर्तिमा सरकारको बेवास्ता

बुटवल, ४ मंसिर । लुम्बिनी प्रदेश लोक सेवा आयोग तीन महिनादेखि अध्यक्षविहीन बनेपछि आयोगका सबै निर्णय प्रक्रिया प्रभावित बनेका छन्। तत्कालीन अध्यक्ष डिलाराम भट्टराईको कार्यकाल २०८२ साउन २३ गते समाप्त भएको तीन महिना बितिसक्दा पनि नयाँ अध्यक्ष नियुक्त नहुँदा आयोगबाट खुल्ने भनिएका विज्ञापनसमेत ढिलाइ भइरहेको छ।