प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद् बैठक
काठमान्डौ, ४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन् । बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बैठक बस्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बाराको सिमरामा उत्पन्न भइरहेको सुरक्षा परिस्थितिबारे समग्र मूल्यांकन तथा आवश्यक कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
