SHARE
बुटवल टुडे · बिहीबार ४ मंिर २०८२ ०८:२७ AM · 1 मिनेट पढाइ

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

काठमान्डौ, ४ मंसिर । सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बढेर तोलाको २ लाख ४३ हजार रुपैयाँ पुगेको छ। हिजो यो मूल्य २ लाख ४२ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढेको छ ।