SHARE
बुटवल टुडे · बिहीबार ४ मंिर २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

काठमान्डौ, ४ मंसिर । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । आफ्ना बाबु गैरकानूनी थुनामा राखिएको दावी गर्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए । न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई किन थुनिएको हो भन्ने कारण पेश गर्न र उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।