SHARE
बुटवल टुडे · बिहीबार ४ मंिर २०८२ ०२:०२ PM · 1 मिनेट पढाइ

चितवनलाई हराउँदै लुम्बिनीको सुखद् सुरुवात

काठमाडौँ । चितवन राइनोजलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको हो। चितवनले भने एनपीएलको दोस्रो खेलमा पहिलो हार व्यहोरेको छ। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो।