SHARE
बुटवल टुडे · शुक्रबार​ ५ मंिर २०८२ ०६:४५ AM · 1 मिनेट पढाइ

रामबहादुर बम्जनको मुद्दामा पेसी तोकियो

काठमान्डौ, ५ मंसिर । सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका रामबहादुर बम्जनको मुद्दा सर्वोच्च अदालतमा पेसी चढेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । बम्जनमाथि २०८१ फागुन ५ गते सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।