SHARE
बुटवल टुडे · शुक्रबार​ ५ मंिर २०८२ ०६:५७ AM · 1 मिनेट पढाइ

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा ‘रोटरी विद स्कुल’ कार्यक्रम

बुटवल, ५ मंसिर । रोटरी क्लब अफ बुटवल चौतारीले शुक्रबार नविन औद्योगिक कद्दरबहादुर रीता माध्यमिक विद्यालयमा “रोटरी विद स्कुल” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रमको उदघाटन शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीले गरेका थिए भने कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रेमबहादुर बस्नेतकोपनि उपस्थिति रहेको थियो ।