SHARE
बुटवल टुडे · शुक्रबार​ ५ मंिर २०८२ ०७:१५ AM · 1 मिनेट पढाइ

चाडपर्व सकिएसँगै विदेश जानेहरूको सङ्ख्या बढ्यो, तर छैन पासपोर्ट

काठमान्डौ, ५ मंसिर । भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा राहदानी विभागमा भएको तोडफोड र आगजनीका कारण तयार भइसकेका राहदानी तथा वितरण सामग्री जलेर नष्ट भएपछि देशभरै राहदानी अभाव तीव्र बनेको छ । अहिले राहदानी विभागसँग करिब डेढ लाख थान मात्र राहदानी बाँकी छ, जसले आपूर्तिमा गम्भीर चुनौती सिर्जना गरेको छ ।