SHARE
बुटवल टुडे · शुक्रबार​ ५ मंिर २०८२ ०८:४८ AM · 1 मिनेट पढाइ

महेश बस्नेतले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

काठमान्डौ, ५ मंसिर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीले फास्ट ट्र्याकबाट पदत्याग गरेर देशलाई विधि र प्रक्रियामार्फत चलाउनुपर्ने बताएका छन् । एमालेको युवा दस्ता ‘युथ भोलिन्टियर फोर्स’ घोषणासम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले वर्तमान राजनीतिक प्रक्रियामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री कार्कीले पदबाट राजीनामा दिनु उचित हुने उल्लेख गरे ।