SHARE
बुटवल टुडे · शुक्रबार​ ५ मंिर २०८२ ०९:३५ AM · 1 मिनेट पढाइ

ओलीले भने- प्रधानमन्त्रीको कार्यशैली राणा शासनभन्दा कडा निस्कियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । नेसनल भोलेन्टियर फोर्सको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार असंवैधानिक बाटोबाट बनेको भन्दै कटाक्ष गरेका हुन् । अध्यक्ष ओलीले भने, ‘संविधानसम्मत तपाईं प्रधानमन्त्री बन्नु भएको हैन । असंवैधानिक बाटोबाटै बन्नु भएको हो । प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्छ ।