SHARE
बुटवल टुडे · शुक्रबार​ ५ मंिर २०८२ ०२:१७ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ज गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले आठ विकेटको क्षतिमा १७५ रन बनाउन सक्यो।