SHARE
बुटवल टुडे · शुक्रबार​ ५ मंिर २०८२ ०२:२२ PM · 1 मिनेट पढाइ

खाली कुर्सी र रोकिएको सेवा : समाधानका लागि विशेष गाउँसभा

पश्चिम नवलपरासी, ५ मंसिर । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका एकाएक प्रशासनिक लकडाउनमा फसेझैँ भएको थियो । संघीय सरकारको खर्च कटौती सम्बन्धी परिपत्रपछि एकैपटक ९२ जना कर्मचारी हटाइएपछि गाउँपालिकाको नियमित सेवा–प्रवाह ठप्प भयो । रोजगार, भूमि व्यवस्थापन, महिला तथा बालबालिका जस्ता संवेदनशील शाखाहरू बन्द हुँदा नागरिकले दैनिक रुपमा पाउने सेवा निलम्बनमा पुग्यो ।