SHARE
बुटवल टुडे · शनिबार ६ मंिर २०८२ ०२:५१ AM · 1 मिनेट पढाइ

बरघरः हिउँटी थारु

नेपालगन्ज,  ०६ मङ्सिर  । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ महेन्द्रपुरकी हिउँटी थारु उमेरले ६० वर्ष पार गरिसकिन् । तर उमेरको छाया उनको जाँगर र नेतृत्व क्षमतामा कतै देखिँदैन । उनले विगत १२ वर्षदेखि बरघर बनेर आफ्नो गाउँको नेतृत्व गर्दै आएकी छिन् । अक्षर चिन्न, पढ्न नआए पनि उनलाई सिङ्गो गाउँ हाँक्न समस्या छैन ।