SHARE
बुटवल टुडे · शनिबार ६ मंिर २०८२ ०५:३१ AM · 1 मिनेट पढाइ

खानेपानीको नेतृत्वमा भुसाल

अर्घाखाँची, ०६ मङ्सिर । सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको छैटौँ अधिवेशनमा चार दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । काँग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका अध्यक्षका साझा उम्मेदवार युवराज खत्रीलाई पराजय गरी स्वतन्त्र नागरिक समाजका नाममा उम्मेदवार भएका बाबुराम भुसाल विजयी भएका हुन् ।