SHARE
बुटवल टुडे · शनिबार ६ मंिर २०८२ ०९:०४ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिलाई ओलीको प्रश्न- जेनजीको माग अनुसार यो सरकार किन विदा गर्नुहुन्न ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संविधानविपरीत बनेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका छन्। शनिबार काठमाडौँमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रपतिलाई यो सरकार हटाउन आग्रह गरेका छन्। ‘राष्ट्रपतिज्यू, अस्ति-अस्ति जेनजीका माग भनेर यो सरकार जडान गर्नुभयो त,’ ओलीले भने, ‘जेनजीको माग अनुसार यो सरकार किन विदा गर्नुहुन्न? हटाउनुहोस्।