SHARE
बुटवल टुडे · शनिबार ६ मंिर २०८२ १०:०२ AM · 1 मिनेट पढाइ

नेपाली कम्युनिस्ट पार्टीले चुनावका लागि भोट माग्न थाले

काठमान्डौ, ६ मंसिर । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि औपचारिक रूपमै मत माग्न सुरू गरेको छ । सो अभियानअन्तर्गत पार्टीले शनिबार पेरिसडाँडास्थित पूर्व माओवादी केन्द्रको मुख्यालयमा जेनजी पुस्तासँग संवाद कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रम सांस्कृतिक प्रस्तुतिसहित प्रारम्भ भएको थियो, जहाँ कलाकार, रचनाकार, संगीतकार तथा गायक–गायिकाले विभिन्न प्रस्तुति दिए ।