SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०५:११ AM · 1 मिनेट पढाइ

रूसको दागिस्तानमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु (भिडियो)

काठमान्डौ, २३ कार्तिक । रूसको दागिस्तान राज्यमा नोभेम्बर ७ मा एक केए–२२६ मोडेलको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ । हेलिकप्टर नियन्त्रण बाहिर गएर क्यास्पियन सागर नजिकैको अची गाउँ क्षेत्रमा खसेको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन् । मृतकहरूमा एकै इलेक्ट्रो–मेकानिकल प्लान्ट ९केईएमजेड० का चार जना कर्मचारी र एक फ्लाइट मेकानिक समावेश छन् ।