SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०५:३० AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय समिति बैठक अब कहिले ?

काठमान्डौ, २३ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि सुरु भएको भए पनि बीचबीचमा स्थगित हुँदै आइरहेको छ । आजका लागि तय गरिएको बैठक पनि पुनः स्थगित गरिएको छ । अब आगामी कात्तिक २५ गते बिहान ११ः३० बजे बैठक बस्ने भएको छ ।