SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०५:४४ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयकमाथि छलफल अघि बढ्ने

काठमान्डौ, २३ कार्तिक । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्दैछ । बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ । साथै, समितिले विभिन्न विधेयकहरूको दफावार छलफल अघि बढाउने तयारी गरेको छ । प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभामा पाँच वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् ।