SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०५:५१ AM · 1 मिनेट पढाइ

नेपाल जेन–जी फ्रन्टको केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार

काठमान्डौ, २३ कार्तिक । नेपाल जेन–जी फ्रन्टले २३ र २४ भदौको जेन–जी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यसहित केन्द्रीय तथा प्रदेशस्तरीय संरचना विस्तार गरेको छ । फ्रन्टले सुशासन, पारदर्शिता, जवाफदेहीता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अभियान सञ्चालन गर्दै भ्रष्टाचार, कुशासन र डिजिटल निरंकुशताविरुद्ध आन्दोलन जारी राख्ने जनाएको छ ।