SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०६:२९ AM · 1 मिनेट पढाइ

रास्वपाद्वारा समानुपातिक उम्मेदवारी आवेदन आह्वान

काठमान्डौ, २३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  ले फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवार आवेदन आह्वान गरेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रुपरेखाअनुसार उम्मेदवारीको प्रक्रिया अघि बढाइएको हो । उम्मेदवार बन्न इच्छुक व्यक्तिले केही मापदण्ड र शर्तहरू पूरा गरेको स्वघोषणा गर्नुपर्नेछ ।