SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०८:१६ AM · 1 मिनेट पढाइ

फरार स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ

 काठमाडौं, २३ कात्तिक । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जन रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । जेनजी आन्दोलनको क्रममा उनी प्रहरी हिरासतबाट फरार भएका थिए ।