SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

केनद्वारा मधुमेहको निःशुल्क शिविर, ४६९ जनाको परीक्षण

बुटवल, २३ कार्तिक । विश्व मधुमेह दिवस २०२५ को अवसरमा सचेतना जगाउने गरि रुपन्देहीमा सचेतनामूलक निःशुल्क शिविर सञ्चालन गरिएको छ । विगत दुई दशकदेखि सेवा दिँदै आएको केन डाईबेटिज एन्ड थाईरोड सेन्टरले १९ औ संस्करणमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम गरेको हो ।