SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ १०:५६ AM · 1 मिनेट पढाइ

भदौ २३ र २४ को विध्वंस जेनजीको नाममा भए पनि अरूले मच्चाए: केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजेड युवाहरूले भदौ २३ गते गरेको आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भएको बताएका छन् । आइतबार राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरूलाई भड्काउन र युवा सेन्टिमेन्ट बढाउन ‘जेनेरेसन जेड’ भनेर प्रचार गरिएको समेत बताए ।