SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ११:३१ AM · 1 मिनेट पढाइ

कक्षा १२ को पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । बोर्ड बैठक आज बसेर नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए ।