SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०१:४५ PM · 1 मिनेट पढाइ

यूसिएमएस भैरहवामा रेडियोलोजी सम्बन्धी कार्यशाला सम्पन्न  

बुटवल , २३ कात्तिक ‘विश्व रेडियाग्राफी दिवस’को अवसरमा यूसिएमएस., शिक्षण अस्पताल, भैरहवामा रेडियोलोजी विभागद्धारा ‘रेडियोलोजीः वियोन्ड इमेजिन्ङ्ग’ विषयक कार्यशाला गोष्ठी सम्पन्न गरियो । कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका मेडिकल सुपरिन्टेन्डेन्ट तथा रेडियोलोजी विभागका प्रमुख प्रा.डा.सदनमूखिको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।