SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०६:२५ PM · 1 मिनेट पढाइ

सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच

सल्यान, २४ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा सरुवा रोग स्क्रब टाइफसको सङ्क्रमण गम्भीर चिन्ताको विषय बनेको छ । पछिल्लो चार दिनमा मात्रै घरघरमा गएर बिरामीको स्वास्थ्य परीक्षण गर्दा थप ७३ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ ।