SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ ०६:४२ AM · 1 मिनेट पढाइ

३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी

काठमाडौँ । कात्तिक १९ गते १० वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापनका लागि कार्यदल बनाउने तयारी गरेको छ । काठमाडौँमा सम्पन्न एकता घोषणा सभाले संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजकमा माधवकुमार नेपाललाई निर्वाचित गरेको थियो ।