SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ ०७:३३ AM · 1 मिनेट पढाइ

मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट

 काठमाडौं, २४ कात्तिक । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीमाथि कुटपिट गरेका छन् । प्रदेशको मुख्यमन्त्री कार्यकक्षमा रहेका कर्मचारीमाथि आक्रमण भएको हो । एक भिडियोमा देखिन्छ कि तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजिरहेका थिए । त्यही बेला भिडले उनलाई घेरेर टाउकोमा मुक्का हानेको देखिन्छ ।