SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ ०८:३२ AM · 1 मिनेट पढाइ

पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु

 काठमाडौं, २४ कात्तिक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित पथलैया–निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ । आइतबार बेलुका देखी नै सो क्षेत्रमा हात्ती देखिएपछि पूर्व–पश्चिम राजमार्गमा यात्रु र वाहन चालकहरू आतंकित बनेका थिए । सोमबार बिहान ८ बजे ना४ख १८३० नम्बरको ट्रक चालक माथि जंगली हात्तीले आक्रमण गरेको छ ।