SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ १०:०६ AM · 1 मिनेट पढाइ

बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

काठमाडौं, २४ कात्तिक । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् । आगामी बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनी नेकपामा समाहित हुने तयारीमा रहेका हुन् । नेकपा एमालेबाट निष्कासनमा परेका नेता रावलले त्यसपछि मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए ।