SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ १०:१७ AM · 1 मिनेट पढाइ

सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित

 काठमाडौं, २४ कात्तिक । सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ । कारोबारको सुरुवातीमा नेप्से बढेको थियो । ११:३७ बजे नेप्से अधिकतम २५७६ सम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार १४:३१ बजे न्यूनतम २५४४ अंकसम्म झर्‍यो ।