SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ ११:२२ AM · 1 मिनेट पढाइ

जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा

चन्द्रौटा, २४ कार्तिक । साथीहरू जहाँ केक र बेलुनले जन्मदिन मनाइरहेका हुन्छन् । त्यही बेला कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटाकी बाल लोक दोहोरी गायिका एक्टिमा परियारले भने आफ्नो जन्मदिन केही फरक ढङ्गले मनाएकी छन् । उनले कक्षा २  अध्ययनरत ७० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएकी हुन् ।