SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ १२:१० PM · 1 मिनेट पढाइ

सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी

काठमाडौं, २४ कार्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको थापाथलीस्थित एकता बुक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। यस सम्झौताअनुसार, सिटिजन्स बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले एकता बुक्सका थापाथली, मानभवन, पोखरा र इटहरी शाखाहरूमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।