SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को तयारी तीव्र भइरहेका बेला एनसेलले यस वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो ‘पावर्ड बाइ पार्टनर’ सहकार्यलाई निरन्तरता दिने घोषणा गरेको छ। एनसेलले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै, यस सहकार्यले देशमा क्रिकेटको विकासमा योगदान पुर्‍याउने र खेलप्रेमीहरूमा नयाँ उत्साह जगाउने विश्वास व्यक्त गरेको छ।